दफा १९
क्रृणपत्रको परिवर्तन, खण्डीकरण, एकीकरण वा नवीकरण
(१) क्रणपत्रको धनीले आफूसँग भएका क्रणपत्रलाई एक आपसमा परिवर्तन, खण्डीकरण, एकीकरण वा नवीकरण गर्नको लागि तोकिएको ढाँचामा कार्यालयमा निवेदन दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदन परेमा कार्यालयले तोकिएको दस्तुर लिई निवेदकलाई त्यस्तो क्रणपत्रको सट्टामा तोकिए बमोजिम साविकको क्रणपत्र परिवर्तन, खण्डीकरण वा एकीकरण गरी नयाँ क्रणपत्र दिन वा त्यस्तो क्रणपत्रको नवीकरण गर्न सक्नेछ।